नेभिगेशन
नेपाल प्रहरी

जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनका लागि सुरक्षा व्यवस्था मिलाएका छौं :प्रहरी

काठमाडौं । यही जेठ १५ गतेका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ।

नवराज सुवेदी नेतृत्वको ' राजावादीको संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' सुरू गर्ने घोषणा गरेपछि आज प्रहरीले सुरक्षा योजना कडा पार्ने बताएको हो।

प्रहरीले कार्यक्रमप्रति लक्ष्य गर्दै सुरक्षा व्यवस्था मिलाइसकिएको र जनधनको क्षति हुन नदिइने बताएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा एसएसपी शेखर खनालले जेठ १५ गतेको प्रदर्शन लक्ष्य गर्दै प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको बताएका हुन् ।

‘हामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौं, जनधनको क्षति हुन दिँदैनौं। त्यसदिन आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौं' खनालले भने, ‘थप जनशक्ति मगाएर पनि सुरक्षा व्यवस्थापन गर्छौं।’त्यस दिन जनधनको क्षति हुन नदिने प्रहरीले बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्