नेभिगेशन
नेपाल प्रहरी

सुन-चाँदी र झन्डै २९ लाख नगदसहित एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई ७३४.२९ ग्राम सुन, र साढे ९ किलो चाँदी र झण्डै २९ लाख रुपैयाँसहित पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर सेती ओपी मार्गबाट २७ वर्षीय योगेश श्रीमंत मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेकाको साथबाट ७३४.२९ ग्राम सुन, साढे ९ किलो चाँदी २८ लाख ९३ हजार रूपैयाँ नगद पनि बरामद गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार सुनको अवैध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

उक्त सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो ।भारत महाराष्ट्र सोलापुर घर भएका मगरले कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकासँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्