नेभिगेशन
नेपाल प्रहरी

रुपन्देहीबाट पेस्तोलसहित दुई युवक प्रहरीको नियन्त्रणमा

लुम्बिनी । प्रहरीले पेस्तोलसहित दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  लुम्बिनी सांस्कृतिक नगरपालिका-११ जितवापुर गाउँमा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन्।

उक्त गाउँमा दुई समूहबिच भएको  गए राति झडप हुँदा प्रहरीले  पेस्तोल फेला पारेपछि दुई युवकलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त घटनामा एक युवक घाइते भएका छन् ।

पेस्तोलसहित पक्राउ परेका दुई युवकलाई इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्