नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका एआईजी लालमणि आचार्यको अवकाश

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य अवकाश गएका छन् ।

नेपाल प्रहरीतर्फका एआईजी आचार्य ५६ वर्षे उमेरहदका कारण अवकाश गएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। उनको आज प्रहरी प्रधान कार्यालयले बिदाई गर्ने कार्यक्रम तय गरिएको छ।

प्रहरी प्रधान कार्यालयको कर्य विभागमा कार्यरत रहेका आचार्य दाङ निवासी हुन् ।

एआईजी आचार्यको स्थानमा यसअघि नै प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरकारले सिद्दिविक्रम शाहलाई एआईजीमा बढुवा सिफारिस गरिसकेको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्