नेभिगेशन
नेपाल प्रहरी

वडा प्रहरी कार्यालय नेपालगन्जका सई थापा पुरस्कृत

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापा पुरस्कृत भएका छन् ।

सई थापाले संगठनले दिएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गरेको भन्दै वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरुण बमले प्रहरी रेकर्डमा आउने गरी पुरस्कृत गरेका हुन् ।

वडा प्रहरी कार्यालयको आन्तरिक मुल्यांकन समितिले सई थापाले गरेको कार्यको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

त्यस कार्यालय र मातहतका युनिटमा कार्यरत अन्य ६ जना प्रहरी कर्मचारीहरु पनि पुरस्कृत भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्