नेभिगेशन
नेपाल प्रहरी

अवकाश गएका एआईजी आचार्यलाई आईजीपी थापाले गरे बिदाई

काठमाडौं। नेपाल प्रहरीको एआईजीबाट अवकाश गएका लालमणि आचार्यको बिदाई गरिएको छ।प्रहरी प्रमुख आईजीपी दिपक थापाले आज दिउँसो मायाको चिनो प्रदान गर्दै आचार्यको बिदाई गरेका हुन् ।

बिदाई समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले प्रहरी  सेवा अवकाश पाएका आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरेका हुन् ।

बिदाई कार्यक्रममा आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको धारणा व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

अवकाश प्राप्त एआईजी आचार्य वि.सं.२०५२ कात्तिक २७ गते इन्स्पेक्टर पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । आचार्य  ५६ वर्षे उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका हुन् ।

बिदाई कार्यक्रममा अन्य एआईजीहरु, डीआईजी लगायत   वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्