नेभिगेशन
नेपाल प्रहरी

सगरमाथा आरोही सई कुन्जाङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर असईबाट सईमा विशेष बढुवा भएकी कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रमुख आईजीपी दिपक थापाले कुन्जाङलाई  आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा सईको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

दर्ज्यानी चिन्ह समारोहलाई सम्बोधन गर्दै आईजीपी  थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी  कुन्जाङले  प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरेका थिए। । साथै थापाले पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्  ।    

कुन्जाङले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै २०८२ जेठ ५ गते सोमबार बिहान ८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्