नेभिगेशन
सुरक्षा अपडेट

आफ्नै कोठामा मृत भेटिइन् कृष्णबहादुर महराबिरुद्ध बलात्कारको आरोप लगाउने रोशनी शाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।  भक्तपुरमा  आज रोशनी मृत फेला परेकी हुन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी  मृत अवस्थामा फेला परेकी छिन् बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ५० मिनेटमा रोशनी कोठाभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।

रोशनीको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जानकारी दिएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्