नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको फुटाहबाट ब्राउन सुगरसहित कोहलपुरका रामबहादुर पक्राउ

बर्दिया । बर्दियाबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। 

जिल्लाको बढैयाताल गाउँपालिका-२ फुटाह भत्केको पुलबाट प्रहरी चौकी जमुनीबाट प्रहरी नायब निरीक्षक ओमप्रकाश खत्रीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय मैनापोखरसहित टोलीले ब्राउन सुगरसहित २० वर्षीय युवक रामबहादुर थारुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ।

मैनापोखर प्रहरीका अनुसार आज अपराह्न साढे ४ बजे विशेष सूचना पाएर गएको नायब निरीक्षक खत्रीको कमान्डको टोलीले भारतको बलई गाउँबाट ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा बाँकेको कोहलपुर-१५ चन्नवाका थारुलाई पक्राउ गरिएको हो।

पक्राउ परेका थारुको साथबाट प्रहरीले १ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ।

बरामद गरिएको ब्राउन सुगर र थारुलाई आबश्यक कारबाहीका लागि मैनापोखर प्रहरी कार्यालयमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्