नेभिगेशन
नेपाल प्रहरी

मोबाइल लूटपाट गिरोहका तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले मोबाइल लूटपाट गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका-३ का १९ वर्षीय प्रवीन भण्डारी  रहेका छन् ।

प्रहरीले तीनै जनालाई काठमाडौंको टंकेश्वरबाट पक्राउ गरेको जनाएको छ।  मोबाइल लुटेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु यसअघि पनि ८ वटा चोरी तथा लूटपाट घटनामा संलग्न रहेको खुल्न आएको हो।

प्रहरीले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्