नेभिगेशन
नेपाल प्रहरी

बर्दिया प्रहरीद्वारा विभिन्न स्थानबाट अवैध सामाग्री बरामद

बर्दिया बर्दियाबाट प्रहरीले भन्सार छली गरेर ल्याइएका विभिन्न अवैध सामाग्री,लत्ताकपडा लगायत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार प्रहरी चौकी महम्मदपुरको टोलीले गुलरिया नगरपालिका-११ बाट भन्सार छली गरेर ल्याएका तयारी कुर्ता सुरुवाल र प्लास्टिकको डोरी बरामद गरेको हो।

बरामद गरिएको अवैध सामाग्रीको मूल्य ४२ हजार ७१० रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उक्त अवैध सामाग्री जेठ ९ गते बरामद गरेर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी बर्दियाको प्रहरी चौकी चेपाङले बासगढी नगरपालिका-१ चेपाङबाट भन्सार छली गरेर ल्याइएको ४९ हजार ३ सय रुपैयाँ बराबरको रेडिमेट कपडा बरामद गरेको जिल्ला प्रहरी  कार्यालयले बर्दियाले जानकारी दिएको छ। चेपाङ प्रहरी जेठ ९ गते बरामद गरेको सबै अवैध कपडालाई भन्सार कार्यालय पठाइएको छ।

यस्तै प्रहरी चौकी सुरजपुरबाट खटिएको टोलीले डीएपी र यूरीया मल बरामद गरेको छ। भारतबाट बिक्रीवितरण गर्ने उदेश्यले नेपाल भित्र्याइएको २७ हजार ३ सय रुपैयाँको डीएपी र यूरीया मल सुरजपुर प्रहरीले गुलरिया नगरपालिका-८ पर्सिया हुलाकी सडकबाट बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सुरजपुर प्रहरीले जेठ ११ गते बरामद गरेको उक्त मललाई बर्दिया भन्सार कार्यालय बुझाइएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्