नेभिगेशन
नेपाल प्रहरी

क्यानडा पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा सम्झना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर क्यानडा पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ  ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका-५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको थियो।

उनलाई थप आवश्यक अनुसन्धान र  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्