नेभिगेशन
नेपाल प्रहरी

चोरी मुद्दाका दुई फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दियाले फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममालाई निरन्तरता दिदै आउँदा थप दुई जनालाई पक्राउ गरेको छ।

बर्दिया प्रहरीका अनुसार चोरी मुद्दामा बर्दिया जिल्ला अदालतबाट दोषी ठहर भएका गुलरिया नगरपालिका-६ सन्तोषि टोलका २७ वर्षीय केश बहादुर शाहीलाई प्रहरीले  पक्राउ गरेको हो।

जिल्ला अदालतले २०८१ मंसिर ५ गते शाहीलाई चोरी मुद्दामा दोषी ठहर गर्दै २० दिन कैद , ३ हजार रुपैयाँ जरिवाना  र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएयता फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीए पकाउ गरेको हो।

शाहीलाई आफ्नै घरमा आएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

त्यसैगरी बर्दिया अदालतबाट चोरी मुद्दामा दोषी ठहर भएर फरार रहेका अर्का फरार प्रतिवादी २२ वर्षीय भुपेन्द्र क्षेत्रीलाई पक्राउ गरेको छ।

मधुवन नगरपालिका-८ गाउँ नम्बर  पाँचका   क्षेत्रीलाई बर्दिया जिल्ला अदालतले २०८१ बैशाख १६ गते चोरी मुद्दामा दोषी ठहर गर्दै १० दिन कैद, २ हजार रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको थियो।

त्यसयता फरार रहेका क्षेत्रीलाई बर्दिया प्रहरीले उनकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

पक्राउ परेका शाही र क्षेत्रीलाई आबश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्