नेभिगेशन
नेपाल प्रहरी

क्षमता भन्दा बढी सामाग्री बोकेका ५ टिपर र ४ ट्याक्टर रामपुर प्रहरीको नियन्त्रणमा

पाल्पा। इलाका प्रहरी कार्यालय रामपुरले नियमविपरीत चलेका आधा दर्जनबढी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

पाल्पास्थित रामपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीको कमान्डमा गएको टोलीसँगै अस्थायी ट्राफिक प्रहरी पोस्टको टोलीले रामपुर नगरपालिका-६ बिजयपुर चोकमा क्षमता भन्दा बढी सामाग्री बोकेका ५ वटा टिपरलाई आज नियन्त्रणमा लिएर कारबाही गरेको हो।

प्रहरी निरीक्षक नेपालीका अनुसार टिपरसँगै ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ४ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर जरिवाना गराइएको हो।

नियन्त्रणमा लिइएका  ५ टिपर ६ वटा ट्याक्टरका चालक तथा सहचालकलाई ट्राफिक सचेतनासमेत दिइएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्