नेभिगेशन
नेपाल प्रहरी

सीआईबीको डीएसपी भन्दै रकम असुली गर्ने अनिल पक्राउ

काठमाडौं । सीआईबीको  डीएसपी हुँ भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को डीएसपी बनेर रकम असुली गरेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो।

थापालाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट  पक्राउ गरेको हो । थापाले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउन भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिएका छन्  ।

थापालाई ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप  अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। । थापाविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्