नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापन, को कहाँ गए?(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ११ जना डीआईजीहरुको पदस्थापन भएको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएका आज ११ डीआईजीजो पदस्थापन तथा काज सरुवा गरिएको हो।

जसअनुसार डीआईजी बिनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा, माधव प्रसाद श्रेष्ठको कर्णाली प्रदेश ,ओम बहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुरेन्द्र गुरुङको साइबर ब्यूरोका पदस्थापन भएको छ।

यसैगरी सुदर्शन कोइरालाको विशेष ब्यूरो,दीपेन्द्र घर्ती क्षेत्रीको राष्ट्रिय प्रहरी प्रतिष्ठान, दीपक रेग्मीको अन्वेषण तथा विकास निर्देशनालय,दिलिप सिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा,दीपक कुमार बस्नेतको प्रदेश समन्वय विभाग, जयराज सापकोटाको कार्य विभाग ,सन्जीब शर्मा दासको अपराध अनुसन्धान विभाग निर्देशनालयमा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्