नेभिगेशन
नेपाल प्रहरी

एआईजी सिद्धिविक्रम शाहले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं नेपाल प्रहरीका नवनियुक्त एआईजी सिद्धिविक्रम शाहले दर्ज्यानी चिन्ह लगाएका छन् ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी दिपक थापाले एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

जेठ ६ गते गृह मन्त्रालयले शाहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो भने बिहीवार मन्त्रिपरिषद्ले  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

एआईजी शाहको कार्य विभागमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्