नेभिगेशन
नेपाल प्रहरी

अलपत्र अवस्थामा फेला परेकी ३ वर्षीया बालिकाको बर्दिया प्रहरीद्वारा उद्धार

बर्दिया । बर्दिया प्रहरीले अलपत्र अवस्थामा फेला परेकी  ३ वर्षीया बालिकाको उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका-६ राधा कृष्ण चोकमा अलपत्र फेला परेकी ३ वर्षीया बालिका सुस्मिता थारुलाई अभिभावकको जिम्मा लगाएको हो।

बर्दिया प्रहरीका अनुसार बालिका सुस्मिताका बुवा अन्तराम र आमा केशरानी थारुलाई प्रहरी कार्यालयमा बोलाएर  बालिकालाई जिम्मा लगाइएको हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्