नेभिगेशन
सुरक्षा अपडेट

जलेको अवस्थामा युवतीको शव भेटियो

काठमाडौं । रुपन्देहीको मर्चवारमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् ।

आज बिहान सम्मरीमाई गाउँपालिका–५ मर्चवारमा  २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा  खेतमा भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सिर्जना आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्