नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल डिभाइडरमा ठोक्किँएर दुर्घटना,चालकको मृत्यु,अर्का एक जना घाइते

काठमाडौं । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको  छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-४ थानकोटका अन्दाजी ३४ वर्षका रोशन ढकाल रहेका छन् ।

आज बिहान भएको दुर्घटनामा परेर गम्भीर भएका रोशनलाई तत्कालै उद्धार गरी उपचारका शहीद मेमोरियल असप्तालमा पुर्‍याइएकामा  चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रहरीका अनुसार दुर्घटनामा स्कुटरमा सवार धादिङको धुनिवेशी नगरपालिका- ९ का २५ वर्षीय विवेक केसी घाइते भएका छन् । उनको शहीद मेमोरियल असप्तालमै उपचार भइरहेको छ । 

प्रहरीका अनुसार आज बिहान थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ढकाल सवार बा८५प ४८२२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँएर अनियन्त्रित भइ विपरीत दिशाबाट आउँदै गरेको केसी सवार बा प्र.०२-०४२ प ९८२२ नम्बरको स्कुटरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्