नेभिगेशन
सुरक्षा अपडेट

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना,२९ घाइतेमा ३ जना गम्भीर (नामावलीसहित)

कपिलवस्तु  । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन । जसमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा  दुर्घटना भएको हो।

बसमा सवार ३० जनामा २९ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये सामान्य घाइते भएका २५ जनाको चन्द्रौटामा र ४ जनाको बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका दाङको तुलसीपुर -१२ का आधार गौतमलाई बुटवल रिफर गरिएको हो।

घाइतेहरुको नामावली -

मध्यम  घाइते 

१- रुकुम पश्चिम आठबिसकोट नगरपालिका-८ ज्यामिरेका  २८ वर्षीय मोतिलाल एरी 
२-सोलुखुम्बु सोताङ गाउँपालिका-३ का २१ वर्षीय कोसिस गौतम 
३-सल्यानका १९ वर्षीया अनिता चलाउने 
४- घोराही-१८ का  ५२ वर्षीया सचिला नेपाली 
५-अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ६० वर्षीया टुककुमारी श्रेष्ठ 
६-सल्यान बागचोर-१० बस्ने  २५ वर्षीय चित्रप्रसाद धिताल 
७-रोल्पा परिवर्तन गाउँपालिका-३ ३१ वर्षीय ओमप्रकाश खड्का 
८- दाङको राप्ती गाउँपलिका-४ का  २८ वर्षीया रुपा चौधरी 
९-रोल्पा गंगादेव गाउँपालिका-३ बस्ने ३९ वर्षीय हेमराज वली 
१०-पर्वतक मादी गाउँपालिका-३ का ३९ वर्षीय खड्क ब.पुन 
११-सल्यानको छत्रेश्वरी गाउँपालिका-१ बस्ने  ४३ वर्षीय भीमबहादुर बिक 
१२-सल्यानको बागचौर नगरपालिका-४ बस्ने ४० वर्षीय ईन्द्र ब.बिक 
१३-दाङको तुलसीपुर-११ बस्ने २१ वर्षीय ललित शर्मा 
१४-रोल्पाको गंगादेव गाउँपालिका-३ बस्ने  ३१ वर्षीय  सन्दिप वली 
१५-डढेल्धुराको आलीताल गाउँपालिका-४ का  २२ वर्षीय बिशाल बोहोरा 
१६-दाङको दंगिशरण गाउँपालिका-२ बस्ने  २४ वर्षीया शर्मिला नेपाली 
१७- सल्यानको छत्रेश्वरी गाउँपालिका-३ बस्ने  ४२ वर्षीया रस्मी बोहोरा 
१८- दाङको घोराही-११ बस्ने ३९ वर्षीय बेद बहादुर वली 
१९- दाङको घोराही-१ बस्ने  ३० वर्षीय  महेन्द्र दराई 
२०-दाङको तुलसीपुर-१२ बस्ने ४० वर्षीय धनराज गौतम 
२१- दाङको तुलसीपुर -१२ का आधार गौतम 
२२-दाङको घोराही-११ बस्ने ३५ वर्षीय सिता बस्नेत 
२३-सल्यानको बागचौर-१० बस्ने  ३७ वर्षीय निशा केसी
२४- बागचौर-११ बस्ने २२ वर्षीय सन्तोष शर्मा 
२५-दाङको बबई गाउँपालिका-६ बस्ने ३३ वर्षीय रमेश सुनार 
२६- दाङको तुल्सीपुर-११ बस्ने ३७ वर्षीय लेखराज पाण्डे 

गम्भीर घाइते-
बुटवलमा उपचाररत 

१-सल्यानको बागचौर-१० बस्ने ७७ वर्षीया देबी बुढाथोकी 
२-सल्यानको सारदा नगरपालिका-१२ बस्ने  ५६ वर्षीय मोहनलाल बुढाथोकी 
३-दाङक तुलसीपुर-११ बस्ने  ३५ वर्षीय श्रीधर अधिकारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्