नेभिगेशन
सुरक्षा अपडेट

आफैं 'ब्याक' भएको गाडीले किचेर लमहीका एक युवकको मृत्यु

तुलसीपुर । दाङको देउखुरीमा आफ्नै गाडी ब्याक भएर किँच्दा एक युवकको मृत्यु भएको छ। 

दाङ प्रहरीका अनुसार लमही नगरपालिका-५ सुनखोली का २१ वर्षीय राजेश कुमार बानियाको आज बिहान गाडीले किचेर मृत्यु भएको हो ।

बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ ।

गाडीले किँच्दा गम्भीर घाइते भएका बानियाँलाई तत्काल लमही अस्पताल पुर्‍याएपनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको दाङ प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्