नेभिगेशन
सुरक्षा अपडेट

जिपको ठक्करबाट पैदलयात्री राम अवतारको मृत्यु

काठमाडौं जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका-शाही चोकमा जिपको ठक्करबाट पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका-१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा सोमबार राति नै मृत्यु भएको हो ।

ठक्कर दिने बोलेरो जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्