नेभिगेशन
सुरक्षा अपडेट

सुर्खेतका दिदीबहिनी मेनुका र सृजना भक्तपुरमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सहोदर दुई दिदिबहिनी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडेमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज विहान पौने ७ बजे बजे बोडे सिन्टिटारमा एउटा घरको भुईँ तलामा डेरामा बस्ने  सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया दिदी मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल घर भित्र मृत फेला परेका हुन् । 

मेनुका र सृजनाले घरको प्यासेजमा फलामको डन्डीमा डोरीले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएको छ।

भक्तपुर प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्