नेभिगेशन
सुरक्षा अपडेट

गोसाइँकुण्डमा स्नान गर्दा बेपत्ता भएका दाजुभाइ मृत भेटिए

रसुवा  । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन्  । 

रसुवास्थित गोसाइँकुण्डमा आइतबार स्नान गर्दा बेपत्ता भएका विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ का २८ वर्षीय मनोज न्यौपाने मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

मामा-फुपुका छोरा रहेका सुजन र मनोजको शव आज बिहान ११ बजे फेला परेको प्रहरीले जनाएको छ। रसुवा प्रहरीका अनुसार काठमाडौंमा  बस्दै आएका मनोज र  विराटनगरबाट केही दिनअघि काठमाडौं आएका सुजनसहित अन्य साथीहरुसँग साउन १० गते गोसाइँकुण्ड घुम्न गएका थिए । 

गोसाइँकुण्डमा चिप्लिएपछि अर्का भाइ उद्धार गर्न जादा दुबै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। सुजन र मनोजको शवलाई आज काठमाडौं पठाउन लागिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्