नेभिगेशन
सुरक्षा अपडेट

स्कारपियो सय मिटर तल खसेर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ ।

उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । 

स्कारपियो’का चालक एव उनका श्रीमान्  ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।

उनका अनुसार गाडी सडकबाट करिब १ सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो । मन्थली–७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम  हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ । रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्