नेभिगेशन
नेपाल प्रहरी

उल्टै भान्सेको आक्रमणमा परेका डीएसपी खरेलको बदनाम गराउने प्रयास, 'भएको थियो यस्तो'

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव राज खरेललाई हुँदै नभएको घटनालाई लिएर बदनाम बनाउने प्रयास भइरहेको छ। 

सिन्धुपाल्चोक प्रहरी कार्यालयका कार्यालय सहयोगी  (भान्से) शंकर कार्कीको उल्टै आक्रमणमा परेका डीएसपी खरेलविरुद्ध ठिक उल्टो आरोप लगाउने प्रयास भइरहेको छ।

डीएसपी खरेलले अबेरसम्म खाना नबनाएको भन्दै भान्से कार्कीलाई कुटपिट गरेको आरोप लगाइएको घटनामा कुनै सत्यता नभएको बताएका छन् । डीएसपी खरेल भन्छन् -" भान्से कार्कीलाई यतिबेलासम्म किन खाना नबनाएको भन्ने प्रश्न गर्दा उल्टै ममाथि कार्कीले प्लेटले आक्रमण गरे।"  भान्से कार्कीको आक्रमणमा डीएसपी खरेललाई चोटपटकसमेत लागेको छ ।  

'अमर्यादित व्यवहारका कारण तत्काल कार्कीलाई  नियन्त्रणमा लिएर क्वार्टर गार्डमा राखेपछि आफू अस्पताल गएको' खरेलले बताए। 

क्वार्टर गार्डमा राखिएको अवस्थामा पनि कार्कीले होहल्ला गर्ने, सिनियर तथा जुनियर प्रहरी अधिकृतलाई गालीगलौज गर्ने जस्ता अमर्यादित व्यवहार देखाएपछि यस्तो कार्य नगर्न भन्दै जिल्ला प्रहरी कार्यालयका सुवेदार मेजर, हवल्दार मेजर तथा गार्ड कमाण्डहरुले सम्झाउन खोज्दा झनै उत्तेजित बनेका थिए। पछि भान्से  कार्कीलाई सम्झाउन पुगेका इन्स्पेक्टर रुपेश साहलाई समेत उनले लात्ती नै प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

प्रहरी कर्मचारी भित्र हुनुपर्ने अनुशासन र संगठनप्रति गैर जिम्मेवार कार्य गरेको हुँदा भान्से कार्कीलाई प्रहरी नियमावली अनुसार कारबाही गर्दै बर्खास्त गरिएको डीएसपी खरेलले बताए ।

डीएसपी खरेल भन्छन् -" भान्से कार्कीलाई कसैले कुटपिट गरेको थिएन। उल्टै सिनियर प्रहरी अधिकृतमाथि कार्कीले आक्रमण गरेका हुन् ।" उनलाई कसैले कुटपिट नगरेर नियन्त्रणमा लिइएको खरेलले जानकारी दिएका छन् । भान्से कार्कीले लगाएका आरोपमा कुनै सत्यता नभएको उनले बताए।

(के भएको थियो?-डीएसपी खरेलको यस्तो भनाइ )-

" म सामान्य अवस्थामा खाना साढे १२ देखि साढे १ बजे बजेभित्र खाने गर्छु । साउन २२ गते काम विशेषले सवा १२ बजेको  समयमा नै बाहिर जानुपर्ने भएका कारण आफूसँग खटिएका प्रहरी जवानमार्फत सिनियर प्रहरी अधिकृत मेसमा खटिएका कार्कीलाई १२ बजेसम्म खाना बनाइसक्नु भन्ने जानकारी गराए।

तर भान्से कार्कीले आदेशबमोजिम खाना बनाउनुको सट्टा उत्तेजित तबरले कुरा गरी खाना नबनाइ बसेछन् । म खाना नखाई बाहिर गएँ । दिउँसो २ बजेको समयमा कार्यालय फर्किएर खाना माग्दा भान्से कार्कीले पुनः उत्तेजित भएर प्रहरी जवानसँग व्यवहार देखाएछन् ।

उनले देखाएको व्यवहार अनुशासनहिन र उत्तेजित देखिएपछि बोलाएर सोधपुछ गर्न थालेँ । सोधपुछ गर्न खोज्दा भान्से कार्कीले हातमा रहेको सेरामिक्स प्लेटले एक्कासी म माथि प्रहार गरे । प्लेट प्रहारबाट मलाई चोटपटक पनि लागेको छ ।

लगत्तै कार्कीलाई नियन्त्रणमा लिन आदेश दिएँ र म अस्पताल गएँ । त्यसपछि निज प्रहरी कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर क्वार्टर गार्डमा राखियो। क्वार्टर गार्डमा पनि उनले होहल्ला गर्ने, गालीगलौज गर्ने जस्ता अमर्यादित व्यवहार देखाएपछि यस्तो कार्य नगर्न भन्दै यस कार्यालयका सुवेदार मेजर, हवल्दार मेजर तथा गार्ड कमाण्डहरुले सम्झाउन खोजेछन् ।

उनीहरुलाई समेत मुख लाग्ने, गाली गर्ने कार्य भएको रहेछ । त्यसपछि यस कार्यालयमा फिल्ड अधिकृत डिउटीमा रहेका इन्स्पेक्टर रुपेश साह सम्झाउन गएका रहेछन् । उनले फिल्ड अधिकृतलाई त लात्तिले नै प्रहार गरेछन् ।

यसरी फौजी अनुशासन र चेन अफ कमाण्ड विपरीत अमर्यदित कार्य गर्ने प्रहरी कार्यालय सहयोगीलाई प्रहरीलाई प्रहरी ऐनरनियमावली अनुरुप नै कारबाही गरिएको हो । उनले भान्सेले लगाएका सबै आरोपहरु निराधार हुन् ।

मैले सात्विक भोजन गर्नेगरेको तर यस घटनामा 'बाहुन 'बासी भात' इत्यादी कुराहरुको कुनै सम्बन्ध नै छैन् ।

मैले त १,२ महिनामा एक पटक भात खान्छु तसर्थ बासी भातको कुरै आउदैन । सामाजिक सञ्जालमा जुन प्रकार पत्रकारिताले स्थान पाएको छ, यो पूर्ण रुपमा  मनगढन्ते समाचार हो। र आम नागरिक माथि गरेको विश्वासघात हो । "

यता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पनि प्रहरी संगठनको निति नियम विपरीत कार्य र प्रहरी कर्मचारीभित्र हुनुपर्ने अनुशासन भन्ने कुनै कुरा नभएको हुँदा भान्से कार्कीलाई प्रहरी नियमावली अनुसार बर्खास्त गरिएको जनाएको छ।

यता कार्कीले डीएसपी खरेलले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् । डीएसपी खरेलले आक्रोशमा आएर निर्घात आफूलाई कुटपिट गरिएको कार्कीको दाबी रहेको छ । 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्