नेभिगेशन
नेपाल प्रहरी

करोडौं रुपैयाँ बढीको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करोडौं रुपैयाँ बढीको बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा फरार रहेका  एन.ए.एन. मेरीटाएम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि का. संचालक  २९ वर्षीय त्रिलोक सिंहलाईलाई पोखराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

बझाङको बंगुल नगरपालिका- ६ घर भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका-९ बस्दै आएका त्रिलोकलाई लुकिछिपी पोखरा-२७ डाँडाकोनाकमा बसेको अवस्थामा अपराध अनुसन्धान कार्यालय टेकु र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले नियन्त्रणमा लिएको थियो।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ६६ जना पीडितबाट ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका त्रिलोकलाई आबश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्