नेभिगेशन
नेपाल प्रहरी

६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप धुते रोल्पा प्रहरीको नियन्त्रणमा

रोल्पा।  ६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय धुते रोकालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालय का अनुसार थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुतेलाई बुधबार साँझ रोल्पा प्रहरीले पक्राउ गरेको हो।

रोकाले ती महिलालाई बलात्कार  गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा रोल्पा प्रहरीले धुतेसँग थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्