नेभिगेशन
नेपाल प्रहरी

पेस्तोल र ७ राउन्ड गोलीसहित शिवराज प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौस्थित प्रहरी वृत्त बालाजुले धादिङका शिवराज दराईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

यसअघि पनि प्रहरीमा मुद्दा दर्ता भएका धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएर हाल काठमाडौं महानगरपालिका-१६ चस्मती बस्दै आएका शिवराजलाई आज बालाजु प्रहरीले एक थान पेस्तोल, २ थान म्याग्जिन  र ७ राउन्ड गोलीसहित पक्राउ गरेको प्रै!परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार शिवराजविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट लागुऔषध मुद्दा चलेको पाइएको छ।

पेस्तोलसहित पक्राउ शिवराजसँग बालाजु प्रहरीले हातहतियार मुद्दामा थप अनुसन्धान सुरु गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्