नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट पेस्तोल र २ राउण्ड गोलीसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले पेस्तोलसहित दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कटुवा पेस्तोलसहित नेपालगन्ज-९ का १९ वर्षीय समीर ढपाली र सोही वडाका१९ वर्षीय राज सोनकरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी मातहत रहेको अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलए गए राति नेपालगन्ज उपमहानगरपालिका- ४ बसपार्कदेखि कम्दी जाने बाटोबाट  एक थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरेको हो। 

बाँके प्रहरीका अनुसार पुष्पलाल चोकबाट बसपार्कतर्फ  ने१ ह ४५०२ नम्बरको इ-रिक्सामा आउँदै गरेको अवस्थामा उनीहरुलाई पेस्तोल र गोली पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ परेका दुई जनासँग थप अनुसन्धान सुरु गरेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्