नेभिगेशन
नेपाल प्रहरी

प्रहरी प्रधान कार्यालयले भन्यो- कुनै प्रहरी कर्मचारीलाई नजरबन्दमा राखिएको छैन्

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ प्रहरी कर्मचारीलाई नजर बन्दमा राखिएको प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै साउन ३१ गते '१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले '१ नम्बर गण' भित्र १ वर्ष बढी देखि गैरकानुनी रुपले नजरबन्दमा राखिएको' भन्ने समाचार केही अनलाइनमा प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरी प्रधान कार्यालयले भनेको छ-" उक्त समाचारमा उल्लेख भए अनुसारका कुनै पनि प्रहरी कर्मचारीहरूलाई नजरबन्दमा नराखी प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटकपटक आम सर्वसाधारणहरूबाट गुनासो तथा उजुरी प्राप्त भएकोले निजहरूलाई प्रहरी नियमावली बमोजिम आवश्यक छानबिनको लागी नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले झिकाएर अनुसन्धान कार्य भइरहेकोले उक्त अनलाइन पत्रिकामा प्रकाशित समाचारमा कुनै पनि सत्यता नरहेको साथै नेपाल प्रहरी कानुन कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा सदैव प्रतिबद्ध रहेको व्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छ।"

विज्ञप्ति-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्