नेभिगेशन
नेपाल प्रहरी

सर्वस्वसहित जन्मकैदको सजाय पाएका ६३ वर्षीय फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेको बैजनाथबाट प्रहरीले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद पाएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  पक्राउ पर्नेमा साबिक नौबस्ता गाबिस-४ (हाल बैजनाथ गाउँपालिका) का ६३ वर्षीय आशाराम थारु रहेका छन् । 

थारुलाई बाँके जिल्ला अदालतले २०६८ पुस २१ गतेको फैसलामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्व सहित जन्म कैदको सजाय सुनाएको थियो। फैसला पश्चात् फरार रहेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वस्वसहित जन्म कैद  सजाय पाएका थारुलाई आज आबश्यक कैद भुक्तानका लागि बाँके जिल्ला अदालत पेश गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्