नेभिगेशन
नेपाल प्रहरी

प्रहरी प्रमुख थापाद्वारा एसपी बीरेन्द्र र डीएसपी राजुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। नेपाल प्रहरी प्रमुख आईजीपी दिपक थापाले एसपी र डीएसपीमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को  साउन ३० गतेको निर्णयअनुसार साउन २८ गतेबाट लागू हुने गरी एसपीमा बढुवा भएका बीरेन्द्र थापा र  डीएसपीमा बढुवा भएका राजु अधिकारीलाई आईजीपी थापाले आज दर्ज्यानी चिन्ह प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दर्ज्यानी चिन्ह कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी  थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

बढुवा भएका प्रहरी अधिकृतहरूको तर्फबाट एसपी  बीरेन्द्र थापाले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्