नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

दाङ। दाङमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको  आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बलात्कारको आरोपमा पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी रहेका छन् ।

गिरीले ती युवतीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाका बारेमा गिरीविरुद्द म्याद थप गरेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी दाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्