नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको सिमानगरबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ,भारतबाट ल्याउदै थिए ब्राउन सुगर

बढैयाताल।  बर्दियाको बढैयातालबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। 

बर्दिया प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ गुलरिया गाउँका २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादव रहेका छन्।

भारतबाट ३० मिलिग्राम ब्राउन सुगर ल्याएर लुकिछिपी पैदल नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई बढैयाताल गाउँपालिका-८ सिमानगरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

सोमबार राति पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुर बर्दिया जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको बर्दिया प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्