नेभिगेशन
नेपाल प्रहरी

जंगलको ओडारभित्र शिकार खेल्नका लागि लुकाइएका ४ थान बन्दुक बरामद

दाङ । अवैध चोरी शिकारका लागि लुकाएर राखिएको ४ थान बन्दुक प्रहरीले बरामद गरेको छ।

रुकुम पूर्व प्रहरीले पुथा उत्तरगंगा गाउँपालिका-१३ को रानीवनको ओडारभित्र लुकाएर राखिएको चार थान भरूवा बन्दुक बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार इलाका प्रहरी कार्यालय तकसेराबाट गस्तीमा गएको प्रहरीले टोलीले ती भरूवा बन्दुक फेला पारेको थियो।

बरामद गरिएका बन्दुक कसले राखेको भन्ने बारेमा अझै केहि नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्