नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको जुवाखालमा प्रहरीको छापा, घरबेटीसहित १० जना जुवाडे पक्राउ

बर्दिया बर्दियाको बाँसगढीस्थित एक घरको जुवाखालबाटो प्रहरीले घरबेटीसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ।

जिल्लाको बासँगढी नगरपालिका-३ शान्तिपुरमा स्थानीय ६० वर्षीय खिम बहादुर महतको जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार राति इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले जुवाखालबाट घरबेटी महतसहित १० जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीका अनुसार जुवाखालबाट मोतिपुत प्रहरीले ५४ हजार ३१५ नगद,२ गड्डी तास र ५ थान मोबाइल फोन बरामद गरेको हो।

पक्राउ परेका १० जनाविरुद्ध बर्दिया जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

यस्तो  पक्राउ पर्नेहरुको नामावली -

१: जिल्ला बर्दिया बाँसगढी न.पा. ३ शान्तिपुर बस्ने बर्ष १८ को सौगात खड्‌का ।

२: बाँसगढी न.पा .३ गौरी बस्ने वर्ष ३१ को साजित गुजर।

३: बाँसगढी न.पा.३ शान्तिपुर बस्ने बर्ष २८ को अनुप खड्‌का ।

४: बाँसगढी न.पा. ३ शान्तिपुर बस्ने बर्ष ३३ को लोक बहादुर खड्‌का।

५: बाँसगढी न.पा.३ लखना बस्ने बर्ष ४१ को राम शरण थारू ।

६: बाँसगढी न.पा.३ शान्तिपुर बस्ने बर्ष ६० को खिम बहादुर महत (घरबेटी)।

७: बाँसगढी न.पा.३ शान्तिपुर बस्ने बर्ष ३९ को भुपेन्द्र डाँगी।

८: बाँसगढी न.पा.३ शान्तिपुर बस्ने बर्ष ५१ को रामु खड्‌का ।

९: बाँसगढी न.पा.३ शान्तिपुर बस्ने बर्ष ३० को वियज कुमार खड्‌का।

१०: बाँसगढी न.पा. ३ शान्तिपुर बस्ने बर्ष २५ को धिरज कुमार खत्री।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्