नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध ओसारपसारको ट्रान्जिट बर्दियाको बढैयाताल सीमाक्षेत्रबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

बर्दिया । बर्दिया प्रहरीले लागुऔषध ओसारपसारको ट्रान्जित मानिएको जिल्लाको बढैयाताल गाउँपालिका सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेकपोष्टबाट प्रहरी चौकी कालिकाको टोलीले १ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित बढैयाताल गाउँपालिका-५ बढैया गाउँका २१ वर्षीय भुपेन्द्र कुमार थारु र सोही स्थानकै ३२ वर्षीय सन्जय दत्त चौधरीलाई पकाउ गरेको हो।

भारतबाट ब्राउन सुगर लिएर नेपाल आउँदै गरेको समयमा कालिका प्रहरीले उनीहरुलाई मंगलबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

त्यसैगरि , आज बिहान प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्ट २७ वर्षीय युवकलाई १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

बाँकेको खजुरा गाउँपालिका-१ का २७ वर्षीय आकाश थापा मगर र सोही ठाँउका २६ वर्षीय जीवन थापा मगरलाई पनि भारतीय सीमावर्ती बजारबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा चेकजाँचका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

ब्राउन सुगरसहित पक्राउ परेका चारै जनालाई बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्