नेभिगेशन
नेपाल प्रहरी

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् प्रहरीको नियन्त्रणमा

काठमाडौं। आफ्नै ३५ वर्षीया श्रीमतीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले  ३५ वर्षीया श्रीमती सर्मिला मग्रातीको हत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई पक्राउ गरेको जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भिमसेनले सर्मिलालाई करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ लरेका भिमसेनसँग घटनाबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्