नेभिगेशन
नेपाल प्रहरी

युके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कार्की अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाइदिने भन्दै ४३ लख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गरेको आरोपमा इडियु सर्च नेपाल बानेश्वरका सञ्चालक रही ललितपुरकि महालक्ष्मी नगरपालिका-२ बस्दै आएका पोखरा महानगरपालिका-१४ घर भएका २९ वर्षीय बसन्त कार्कीलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बसन्तले युके पठाइदिने भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बसन्तलाई काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको हो

पक्राउ परेका बसन्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले  जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्