नेभिगेशन
नेपाल प्रहरी

इजरायल र जापान पठाउने भन्दै १८ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका-१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । 

पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठामाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौँ महानगरपालिका-९ र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्