नेभिगेशन
नेपाल प्रहरी

९१ लाख नगदसहित पक्राउ स्याङ्तानलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

ललितपुर । ललितपुरबाट ९१ लाख रुपैयाँ नगदसहित पक्राउ परेका एक जनालाई ६ दिन हिरासतमा राखेर अदालतले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ। 

ललितपुरको भनिमण्डलबाट ९१ लाख नगदसहित पक्राउ परेका सिन्धुलीको पिपलभञ्ज्याङ घर भई ललितपुर महानगरपालिका–४ भनिमण्डल बस्दै आएका  गौरव स्याङ्तानलाई आज ललितपुर जिल्ला अदालतले ६ दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले २५ वर्षीय स्याङ्तानलाई सोमबार पक्राउ गरेको थियो । प्रहरीले स्याङ्तानविरुद्ध अनलाइन जुवा र लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ । स्याङ्तान क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनको डेराबाट ९१ लाख ५० हजार नगद र १ थान पैसा गन्ने मेसिन बरामद गरेको थियो । उनको डेरामा १ केजी ५ सय ग्राम गाँजा पनि भेटिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग गरिएका ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्