नेभिगेशन
नेपाल प्रहरी

एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर ब्यूरोको नियन्त्रणमा

काठमाडौँ ।  नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएको आधारमा महरलाई नियन्त्रणमा  लिएको प्रहरीले जानकारी दिएको छ ।

जाहेरी परे पश्चात् साइबर ब्यूरो पुगेका महरलाई कार्यालयबाटै साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।महरलाई म्याद थप गर्न काठमाडौं  जिल्ला अदालत  लगिएको प्रहरीले जनाएको  छ।

महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो।  साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

यसअघि पनि ती महिलाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्