नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको कण्ठपुर र फुटाहाबाट ब्राउन सुगरसहित बाँसगढीका दुई युवक पक्राउ

बर्दिया । बर्दियाबाट  प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर  चोकबाट ९८० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको हो।

भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरले बाँसगढी नगरपालिका-५ बस्ने २६ वर्षीय राम चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

त्यसैगरि बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट ८ सय मिलिग्राम ब्राउन सुगरसहित बाँसगढी नगरपालिका -५ का २९ वर्षीय सुबास वलीलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

चौधरी र वलीलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा राखेर  थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्