नेभिगेशन
नेपाल प्रहरी

हराएको मोटरसाइकल र इ-रिक्सा फेला पारेर सवारी धनीलाई बुझायो धनौली प्रहरीले

बाँके बाँकेस्थित इलाका प्रहरी कार्यालय धनौलीले हराएको एउटा मोटरसाइकल र इ-रिक्सा फेला पारेर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।

इलाका प्रहरी कार्यालय धनौलीका अनुसार आइतबार साँझ खजुरा गाउँपालिका-३ का चन्द्र प्रकाश खडकाको भे.११प  ६९८६ नम्बरको पल्सर मोटरसाइकल हराएको भनी प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा उक्त मोटरसाइकललाई खजुरा-७ कलंसनस्थित आँप  बगैचाम फेला परिएको थियो।

फेला पारिएको मोटरसाइकललाई आज सवारी धनी खड्कालाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय धनौलीले जानकारी दिएको छ।

त्यसैगरी आइतबार  हराएको ने.१ ह. ४२७७ नम्बरको इ रिक्सा फेला पारेर सवारी धनी नेपालगन्ज-१ धम्बोजीका रामरुप कुर्मीलाई बुझाएको धनौलीले जनाएको छ।

उक्त इ-रिक्सा प्रहरीले खजुरा गाउँपालिका-५ बाट फेला पारेको थियो।

 

 


.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्