नेभिगेशन
नेपाल प्रहरी

श्रीमतीको हत्यापछि श्रीमानले गाडे श्रीमतीको शवलाई भान्सामा,प्युठानका किरण पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।  छत्रदेव गाउँपालिका वडा नम्बर ४ का किरण गुरुङलाई उक्त अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । 

छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । 

घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्