नेभिगेशन
नेपाल प्रहरी

५५ ग्राम खैरो हेरोइनसहित ५ जना लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ५५ ग्राम र डिजिटल तराजु १ थान सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका २६ वर्षीय सुगन लामा, २६ वर्षीय दिनेश लामा, सिराहा धनगढीमाई नगरपालिका-७ घर भएका २६ वर्षीय रविन्द्र महतो, सिराहा अर्नमा गाउँपालिका-२ घर भएका २७ वर्षीय राम ललन ठाकुर र २८ वर्षीय धिरज कुमार महतो रहेका छन् । 

सुगन र दिनेशलाई काठमाडौं महानगरपालिका(२६ ठमेलस्थित रेष्‍टुरेन्टबाट ४० ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । यसैगरी रविन्द्रलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट ५ ग्राम सहित तथा राम ललन र धिरजलाई ललितपुर, ललितपुर महानगरपालिका-९ बाट ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्