नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ्ग कसुर मुद्दाकी फरार प्रतिवादी महिला अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले  बैंकिङ्ग कसुरको ३ वटा मुद्दामा फरार रहेकी  एक महिलालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धानका अनुसार पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–१ घर भएर भक्तपुर बस्ने ३८ वर्षीया रञ्जिता थापा रहेकी छिन् ।

थापालाई भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

आरोपी थापाविरुद्ध प्रहरी वृत्त गौशाला, सोह्रखुट्टे र जिल्ला प्रहरी कार्यालय दोलखामा बैकिङ्ग कसुरको जाहेरी दर्ता भएको खुलेको छ । थापाबिरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्