नेभिगेशन
नेपाल प्रहरी

बाँकेको पार्वतीपुरबाट ३३ ग्राम बढी खैरो हेरोइन र मोटरसाइकलसहित जानकीका लागुऔषध बिक्रेता पक्राउ

बाँके ।  लागुऔषध नियन्त्रण ब्यूरोले बाँकेको पार्वतीपुरबाट ३३ ग्राम बढी खैरो हेरोइनसहित एक जना लागुऔषध बिक्रेतालाई पक्राउ गरेको छ।

विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जसँगै गएको  इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले जानकी गाउँपालिका-५ वुडियागाउँका ४१ वर्षीय नईम खाँलाई कोहलपुर-१४ पार्वतीपुरबाट ३३ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित शुक्रबार साँझ पक्राउ गरेको हो।

अपरेशनमा गएको टोलीले खाँको साथबाट उनी सवार भे १० प ३५३५ नम्बरको मोटरसाइकल , एक थान मोबाइल र डिजिटल तराजु समेत बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

पक्राउ परेका खाँलाई इलाका प्रहरी कार्यालयमा राखेर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्